काठमाडौंको हायात रिजेन्सी होटलमा भदौ २४ गते भएको तोडफोड तथा आपराधिक उपद्रव/डाँका चोरी प्रकरणमा संलग्न रहेको आरोपमा १० जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
पक्राउ परेकामध्ये दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, कारण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ रहेका छन्।
जिल्ला अदालत काठमाडौंको आदेशअनुसार सबै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
बौद्धस्थित हायात रिजेन्सी देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो।