प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या भएको छ।
फागुन ६ गते काठमाडौं महानगर-१५ पशुपति शिवालय मन्दिर उत्तरमा रहेको मन्दिरमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
मृतक सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी थिए। उनको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी भट्टराईले बताए।
हत्या आरोपमा दोलखा वैतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ र भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौं पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरेको छ।
'मृतक सन्तोष गिरीलाई नीरज नाथ समेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरिएको भन्ने खुल्न आएको हुँदा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ,' एसपी भट्टराईले भने।
मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको प्रहरीले जनाएको छ।