मकवानपुरमा बस दुर्घटना भएको छ।
आइतबार बिहान ७:१० बजे मनहरी गाउँपालिका-७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बा.प्र. ०६-००१ ख ००५४ नम्बरको बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस वीरगन्जबाट चितवन जाँदै थियो।
अनियन्त्रित भई सडकको बाया साईडमा रहेको बिधुतको पोलमा ठक्कर खाई दुर्घटना भएको हो।
बसमा सवार २२ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।