ललितपुरको फूलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका पुरूषको प्रहरीले उद्धार गरेको छ।
आइतबार फूलचोकी जंगलबाट एक जना पुरूषको उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उद्धार गरिएका व्यक्ति ४४ वर्षीय सोमबहादुर तामाङ हुन्।
सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ घर भएका सोम हाल ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ टौखेलमा बस्छन्।
सोही वडामा पर्ने फूलचोकी जंगलमा उनी हराइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी प्रभाग बाडेगाउँ र प्रहरी प्रभाग गोदावरी ललितपुरबाट प्रहरी टोली खटिएको थियो।
आइतबार दिउँसो १२:०० बजे जंगलमा अलपत्र अवस्थामा सोम फेला परेका हुन्।
प्रहरीका अनुसार हाल उनलाई आफन्त सहयोगमा पाटन अस्पतालमा ल्याइएको छ।