पर्साको वीरगञ्जमा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका-११ आइतबार साँझ दुई फरक समुदायबीच झडप भएको थियो।
समुदायबीच सद्भाव बिगारेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए।
प्रहरी स्रोतका अनुसार स्तछे हवारी भन्ने व्यक्तिलाई पक्राउ परेका हुन्। उनीमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ।
दुई समुदायबीच आइतबार पार्किङको विषयमा विवाद हुँदा झडप सुरू भएको थियो। छिमेकबीच सुरू भएको झगडाले पछि ठूलो रूप लिएको थियो।
यस घटनामा केही घाइते समेत भएका थिए।
सोमबार बिहान पनि प्रदर्शन सुरू भएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले पौने १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।