उदयपुरमा बस दुर्घटना भएको छ।
सोमबार बिहान उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना हुँदा १०/१२ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को बस सोमबार बिहान ११:५० बजे ब्रेक फेल भएर सडकबाट ३०/४० फिट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनापश्चात प्रहरी बल नं ५ गण उदयपुरबाट टोली खटिएको टोली र अन्य सुरक्षा निकायका टोली उद्धारमा खटिएका थिए।
घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।