हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।
मंगलबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ।
बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।