पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका– १ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको प्रनाउ बोगटीले जानकारी दिए।