काठमाडौं उपत्यकाबाट दुई दिनमा ८० हजार मानिस बाहिरिएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट दुई दिनमा ८० हजार मानिस बाहिरिएका हुन्।
यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लले शुक्रबार ३७४ र शनिवार ३१७ सार्वजनिक यात्रीबाहक बसमा ८० हजार यात्रु बाहिरिएका जानकारी दिए।
उपत्यकामा बसोबास गर्नेहरू फागुन २१ गते मतदान गर्न आ-आफ्नो गृहजिल्ला फर्किन थालेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको जानकारी दिए।