काठमाडौंको नैकाप र सुकेधारामा गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजार छन्।
उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो।
उनीहरूले मंगलबार बिहान नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी गरेका थिए।