युट्युबर रतन कार्कीले मौन अवधिमा हालेको भिडिओ हटाएपछि फर्किएका छन्।
मौन अवधिमा भिडिओ प्रसारण गरेपछि बुधबार कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएको डिएसपी रविन्द्र खनालले बताए।
उनका अनुसार बोलाएपछि कार्की उपस्थित भएका थिए।
निर्वाचनको मौन अवधिको क्रममा उनले पोष्ट गरेको सामग्री आचारसंहिता विरूद्ध भएको खनालले बताए।
‘उहाँले भिडिओ हाल्नुभएकाले हामीले बोलाएका थियौं। उहाँ आएर मौन अवधिमा भिडिओ हाल्न नमिल्ने थाहा नभएको बताउनुभयो। भिडिओ हटाएपछि जानुभयो,’ उनले भने।
यसअघि केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए।
कार्की हुने निर्वाचनका लागि जापानबाट फर्किएका थिए।