भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शनिबार युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
'जेनजी आन्दोलन खोला, प्रतिवेदन बन्द झोलामा' भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्।
विभिन्न युवा समूह तथा अभियानीहरूको सहभागितामा भएको प्रदर्शनमा उनीहरूले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीहरूले प्रतिवेदन तयार भए पनि सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै 'जेनजीहरूको एउटै बोल, कार्की प्रतिवेदन तुरून्तै खोल', 'बजेटमा भ्रष्टाचार, रिपोर्टमा चमत्कार, धिक्कार छ सरकार', 'जेनजीहरू नारा, आमा उता नारामा' लगायतका नारा लगाएका थिए।
उनीहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै सरकारले प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्।
तस्बिरहरू:
-1774081289.jpg)
-1774081289.jpg)
-1774081287.jpg)
-1774081287.jpg)
-1774081288.jpg)
-1774081288.jpg)
-1774081287.jpg)
-1774081287.jpg)
-1774081286.jpg)
-1774081286.jpg)
-1774081286.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी