काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा कफीमा रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाहरूको जीवन संघर्ष झल्काउने तस्बिर प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ सोमबारदेखि सुरू भएको छ।
एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर राखिएका छन्।
प्रदर्शनीको उद्घाटन गतलाङकी ३९ वर्षीया न्यान्जोम तामाङले गरिन्। काठमाडौंमा मजदुरी गर्दै आएकी तामाङ आफ्नै गाउँका तस्बिर देख्दा भावुक बनेकी थिइन्।
तस्बिरहरूमा ग्रामीण महिलाको दैनिक जीवन, मिहिनेत र संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रममा बुचुङ तामाङले यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए भने संस्कृतिविद् अमृत योञ्जन तामाङले तस्बिरले गतलाङमै पुगेको अनुभूति गराएको बताए।
यस्तै वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले थोकरका तस्बिरको प्रशंसा गरे।
रसुवाको गतलाङ गाउँ महिलाहरूको श्रम, साहस र जीवनशैलीको प्रतीकका रूपमा परिचित छ। प्रदर्शनी बुधबारसम्म चल्नेछ।
तस्बिरहरू:
-1774328944.jpg)
-1774328944.jpg)
-1774328944.jpg)
-1774328944.jpg)
-1774328944.jpg)
-1774328943.jpg)
-1774328944.jpg)