रूपन्देहीको तिलोत्तमामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले मधेस प्रदेश ०३–०२९ प ५०७६ नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा ठक्कर दिएको थियो।
मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका वडा नं. ६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका गुप्तालाई तत्काल उपचारको लागि नजिकैको क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।