इरानले इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका (आइआरजीसी) गुप्तचर प्रमुख माजिद खादेमीको मृत्यु भएको जनाएको छ।
आइआरजिसीले एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान अमेरिका र इसराइलले खादेमीको हत्या गरेको पुष्टि गरेको हो।
गत वर्ष जुनमा भएको १२ दिने युद्धका क्रममा इसराइलले मोहम्मद काजेमीलाई मारेपछि खादेमी आइआरजीिसीको गुप्तचर प्रमुख नियुक्त भएका थिए।
गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनमा अमेरिका, इसराइल लगायत १० देशका खुफिया संस्थाको भूमिका रहेको दाबी गरेका थिए।
उनलाई इरानमा शासन चलाइरहेको मानिने आइआरजिसीका जीवित तीन सबैभन्दा वरिष्ठ जनरलहरूमध्ये एक मानिन्थ्यो।
संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिएका थिए। त्यसपछि पनि अमेरिका र इसराइलले लगातार इरानका वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)