‘टुगेदर फर आर्ट’ नाराका साथ ललितपुरस्थित हेरिटेज गार्डेनमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलन जारी छ।
१३ औं संस्करणमा जारी यो सम्मेलन दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा पुरानो ट्याटु महोत्सवको रूपमा चिनिन्छ।
यो महोत्सवमा विश्वका २५ भन्दा बढी देशबाट २५० भन्दा बढी ट्याटु आर्टिस्टहरूको सहभागिता छ।
लाइभ ट्याटु सेसन, विभिन्न प्रतियोगिता, अवार्ड वितरण, संगीत तथा सांस्कृतिक कार्यक्रमहरूको कारण महोत्सव युवा आकर्षणको केन्द्र बनेको छ।
सम्मेलनमा परम्परागत नेपाली कलाकृति; गणेश, हनुमान, बुद्धसम्बन्ध प्राचीन कलाकौशललाई आधुनिक ट्याटु आर्टसँग जोडेर अझ कलात्मक र बान्कीपूर्ण बनाइएको छ।
शुक्रबारदेखि सुरू महोत्सव आइतबार साँझसम्म चल्नेछ।
तस्बिरहरू:
-1775994044.jpg)
-1775994045.jpg)
-1775994044.jpg)
-1775994044.jpg)
-1775994044.jpg)
-1775994044.jpg)
-1775994044.jpg)
-1775994043.jpg)
-1775994043.jpg)
-1775994043.jpg)
-1775994043.jpg)
-1775994043.jpg)
-1775994043.jpg)
-1775994042.jpg)
-1775994042.jpg)