रोल्पामा गएराति ट्याक्टर दुर्घटनामा परी दुई जना शक्त घाइते भएका छन् ।
जिल्लाको त्रिबेणी गाउँपालिका – ७ दोरेणीका ३४ वर्षीय श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका – ६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन् ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार गम्भीर अवस्थाका दुबै जनालाई जिल्ला अस्पताल रेउघामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि रिफर गरिएको छ ।
आइतबार राति साढे ८ बजेतिर रोल्पा नगरपालिका – ९ ह्वामा लु ३ त ३१४७ ट्याक्टर सडकदेखि २०० मिटर तल खसेको थियो ।
सूचना पाएपछि प्रहरी करिब ९ बजेतिर घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।
राति ११ बजेपछि मात्रै प्रहरीले उनीहरुलाई अस्पताल पुर्याएको थियो।
गम्भीर अवस्थाका दुबैजनालाई सोमबार बिहान साढे २ बजेतिर बुटवलका लागि रिफर गरिएको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।