सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ।
थापाथलीमा सभामुख अर्याल चढेको गाडीसहित त्यसको अघिपछि हिँडेका गाडी पनि कारबाहीमा परेका हुन्।
ट्राफिक प्रहरी स्रोतले लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरिएको जानकारी दिएको छ।
लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो।
सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटिएको स्रोतले जानकारी दिएको छ।
अर्यालका स्वकिय सचिव नवराज पाण्डेका अनुसार ट्राफिक नियमको पालना गर्न भनेर आफ्ना चालकहरूलाई यसअघि नै निर्देशन भइसकेको थियो। यसबीचमा चालक फेरिँदा बुधबार उक्त घटना भएको उनले बताए।