बझाङमा खाडलमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।
बित्थडचिर गाउँपालिका–१ मा बिहीबार दिउँसो सवा २ बजेतिर ५ वर्षीय जेनिस बोहरा र ६ वर्षीया प्रिन्सा बोहराको मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक विष्टले सेतोपाटीलाई बताए।
छिमेकीले शौचालय निर्माणका लागि पानी जम्मा गर्न खनेको खाडलमा दुई बालबालिका डुबेर मृत्यु भएको अवस्थामा फेला परेको विष्टले जानकारी दिए।
खेल्ने क्रममा बालबालिका खाडलमा पसेको हुन सक्ने प्रहरीको पूर्व अनुमान छ।
घटनास्थलतर्फ प्रहरी पुगिसकेको र केहीबेरमा शव पोष्टमर्टमका लागि अस्पतालमा लगिने प्रहरीले जानकारी दिएको छ।