मकवानपुरमा दुइटा गाडी आपसमा ठोक्किएर सडकमै पल्टिएको छ।
शनिबार साँझ ६:१० बजे मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाडौं सडकमा दुइटा गाडी ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी पुष्कर बोगटीले जानकारी दिए।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ६०५२ नम्बरको सुमोलाई सोही दिशा तर्फबाट आउदै गरेको बिआर २२ एजेड २५१७ नम्बरको भारतीय गाडीले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो।
ठक्कर दिएपछि दुवै गाडी सडकमा पल्टिँदा ११ जना घाइते भएको डिएसपी बोगटीले जानकारी दिए।
दुर्घटनामा परी सुमोमा सवार ४ जना र भारतीय गाडीमा सवार ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
घाइतेहरूमा सुमोमा सवार चालक ४८ महाबुब आलम, न्युटनबहादुर क्षेत्री र अरू दुई जना छन्।
भारतीय गाडीमा सवार सरूप पटेल, गौरवकुमार सराफ, रिसब कुमार सराफ, रेश्मीदेवी सराफ, शिलादेवी सराफ, रवीकुमार सराफ र नन्दनी सराफ घाइते भएका छन्।