‘वर्षा र सहकालका देवता’ मानिने रातो मछिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्परा अनुसार यस वर्ष पनि रथारोहण गरिएको हो।
मच्छिन्द्रनाथको मूर्तिलाई त:बहाल बाट खटमा राखेर पुल्चोक मा निर्माण गरिएको रथमा पुर्याई विधिवत् रूपमा विराजमान गराएसँगै जात्रा सुरु भएको मानिन्छ।
परम्परा अनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मती मा राख्ने चलन छ।
यसअघि बुङ्मतीबाट ल्याई पाटनको त:बहालमा राखिएको थियो।
मच्छिन्द्रनाथको रथ ३२ हात लामो र करिब ४८ फिट अग्लो छ।
पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको समन्वयमा रथ तान्ने साइत निर्धारण गरिन्छ।
तस्बिरहरूः
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580462.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580461.jpeg)
-ink-1776580460.jpeg)
-ink-1776580460.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी