डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ।
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए।
खोजीका क्रममा छोराको शब शनिबार र बुवाको शब आइतबार फेला परेको हो।
अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले छोराको शब घटनास्थलदेखि एक किलोमिटर दक्षिणमा र बाबुको शव पाँच सय मिटर दक्षिण बाट गोताखोरको टोलीले निकालेको थिए।
डिएसपी खनालका अनुसार सानो र जीर्ण डुंगामा ओभर लोडका कारण सन्तुलन खलबलिन गइ पल्टिन पुगेको थियो।
डुंगामा तीन बाबु छोरा र घाँसको भारी राखिएको थियो। डुंगा पल्टिँदा दुई बाबु छोराको मृत्यु भएको हो। पहलसिंहका ९ वर्षीय छोरा भने भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए।
तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित जंगलबाट घाँस काटेर घर फर्किने क्रममा उनीहरु सवार डुंगा पल्टिएको थियो।