कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको बुद्धभूमी नगरपालिका – ९ इमिलियाका ३४ वर्षीय श्याम भनिने सुरज कुँवर पक्राउ परेका हुन्।
उनको साथबाट मेड इन् चाइना लेखिएको पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
वैशाख ५ गते बेलुकी बुद्धभूमी– ९ डुमरा स्थित उनको घरको कोठामा खानतलासी गर्दा दराजमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको थियो।
कुँवरसँग पेस्तोल रहेको र उनले लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो।
जिल्ला अदालतले आइतबार नै कुँवरलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको डिएसपी सिंहले बताए।