बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको ऐतिहासिक जितगढी उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरू भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशेष समारोहका बीच जितगढी विजय उत्सवको शुभारम्भ गरेका हुन्।
त्यसपूर्व स्थानीयका विभिन्न झाँकी जुलुसहरू निकालिएका थिए। झन्डै दुई वर्षअघि राष्ट्रले जितेको पलको स्मरणमा स्थानीयले खुसीहरू साटे। राष्ट्र, राष्ट्रियतका साथै वीर योद्धाहरू र शहिदको स्मरण गरे।
लुम्बिनीका मुख्यमन्त्रीदेखि स्थानीय पालिकाका प्रमुख, नेपाली सेना, प्रहरीका प्रमुखदेखि उद्योगी, व्यवसायी, अधिकारकर्मी विजय उल्लासको अनुभूति साटिरहेका थिए।
उत्सवमार्फत ऐतिहासिक जितगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ।
वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आइएको छ।
युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाउन मद्दत गरेको थियो।
बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेको इतिहासहरूमा उल्लेख छ।
उता अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए। त्यो युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए। इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए।
युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषशुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए।
इतिहासका अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए। युद्धमा विजयपछि पाल्पामा भगवतीको मन्दिर निर्माण गरिएको थियो।
हालसम्म पनि हरेक वर्ष उक्त भगवती मन्दिरमा जात्रा निकाल्ने परम्परा रही आएको छ। चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालिन समय अर्थात १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ। अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जितगढी’ रहन गएको जानकार बताउँछन्।
-1776672488.jpg)
-1776672488.jpg)
-1776672488.jpg)
-1776672487.jpg)
-1776672487.jpg)
-1776672486.jpg)
-1776672485.jpg)
-1776672486.jpg)
-1776672487.jpg)
-1776672486.jpg)
-1776672486.jpg)
-1776672485.jpg)
-1776672485.jpg)
-1776672485.jpg)
-1776672484.jpg)
-1776672484.jpg)