काठमाडौंको ठमेलमा विदेशी नागरिक कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट र लुटपाट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उक्त भिडिओ बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।