देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई ढाकिएको हरियो पर्दा हावाले तितरवितर तुल्याएको छ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको पश्चिम मोहोडातर्फको सिंहदरबारको मुख्य भवन लामो समयदेखि हरियो पर्दाले ढाकिएको थियो।
समयक्रमसँगै हावा–हुरीका कारण उक्त पर्दा बिस्तारै झर्दै गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको नयाँ सरकार गठनपछि भवनको तल्लो भागमा सर्वसाधारण प्रवेश गर्न नपाउने गरी चारैतिर सेतो अस्थायी पर्खाल लगाइएको छ।
भवन वरपर मानिसको आवतजावत रोक्नका लागि होस् वा जलेको संरचना छोप्नका लागि, माथिबाट लगाइएको पर्दा हावाले हटाउँदै लगे पनि तलबाट भने आंशिक रूपमा छोप्ने प्रयास भने भएको छ।
तस्बिरहरू:
-1760073626-1776745255.jpg)
-1776745254.jpg)
-1776745255.jpg)
-1776745255.jpg)
-1760073627-1776745255.jpg)
-1776745254.jpg)
-1760073624-1776745255.jpg)
-1776745254.jpg)
-1776745254.jpg)
-1776745254.jpg)
-1776745254.jpg)