काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट एक जना बालक सम्पर्कविहीन भएका छन्।
उनी गत चैत ३० गते अपराह्न साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ।
सम्पर्कविहीन भएका युवराज कार्कीले कालो टी-सर्ट लगाएका छन्।
उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजी गरिदिन निवेदन दिएका छन्।
मातहतका प्रहरी कार्यालयहरूमा खोजी गर्नका लागि सर्कुलर पनि गरिएको कपन प्रहरी प्रभागले जनाएको छ।
परिवारका अनुसार, बालक कक्षा ८ मा अध्ययनरत थिए। उनलाई अन्तिम समयमा महांकाल ओरालोमा देखिएको प्रहरीले जनाएको छ।