ललितपुरमा 'सम्धी ग्रुप'को नाममा गुण्डागर्दी गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार चापागाउँ क्षेत्रमा लामो समयदेखि सम्धी ग्रुप/झ्यालुङ्टार ग्रुपका नाममा गुण्डागर्दी गर्दै आएका १० जनालाई पक्राउ गरेको हो।
उनीहरूले रेस्टुरेन्टमा पैसा नतिर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गरी हप्तावारी तथा महिनावारी खाने, खान खोज्ने गरेको आरोप छ।
प्रहरीलाई समेत अवरोध सिर्जना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।