नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकले अनसन तोडेकी छन्।
बुधबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाठकलाई जुस खुवाएका हुन्।
पछिल्लो समय पाठकको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो।
गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन्। उनको राजीनामा पछि अर्को मन्त्री कहिले आउने भन्ने टुंगो नलागेको हुँदा स्वास्थ्य अवस्था झन् कमजोर हुने भएकाले अनसन तोडेकी हुन्।
पाठकले बस्नेतमाथि बलात्कार र भ्रूण हत्याको आरोप लगाउँदै आएकी छन्।