पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर उल्लेख्य रूपमा बढेको छ।
अन्तर्राष्ट्रिय वायु गुणस्तर निगरानी संस्थाहरूका अनुसार हाल उपत्यकाको वायु गुणस्तर सूचकांक १८०–१९० भन्दा माथि पुगेको छ, जसलाई 'अस्वस्थ' श्रेणीमा राखिन्छ।
विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार बुधबार काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ। यहाँको एक्युआई २५५ छ।
वायु प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिएको छ भने वातावरणमा धुलो र धुवाँको मात्रा उल्लेख्य रूपमा बढेको छ।
स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
धेरै समय बाहिर नबस्ने, मास्क प्रयोग गर्ने र शारीरिक व्यायाम जस्ता गतिविधि बाहिर नगर्न सुझाव दिइएको छ।
तस्बिरहरू:
-1776865165.jpg)
-1776865165.jpg)
-1776865165.jpg)
-1776865165.jpg)
-1776865166.jpg)
-1776865165.jpg)
-1776865165.jpg)