रूकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारी मृत्यु प्रकरणमा उनका प्रेमी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही गत असार २८ गते बिहानै कोठाभित्र मृत फेला परेकी थिइन्। उनी सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी थिइन्।
घटनापछि उनका प्रेमी परिचन्द्र खत्री फरार थिए।
शाही मृत्यु प्रकरणमा खत्रीलाई आत्महत्या दुरूत्साहन मुद्दा चलेको थियो।
खत्री बुधबार मात्रै रूकुमकोट जिल्ला अदालतमा उपस्थित भएका थिए।
अदालतले तत्काल खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेले सेतोपाटीलाई बताए।
घटनाको साढे ९ महिनापछि खत्री आफै अदालतमा उपस्थित भएका हुन्।