काठमाडौंको सुकुम्बासी क्षेत्रमा प्रहरीले सिसिटिभी क्यामरा जडान गरेको छ।
शुक्रबार बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभी युनिटले क्यामरा जडान गरेको हो।
३६० डिग्रीमा देखिने उक्त क्यामरालाई प्रहरीले पोलमा जडान गरेको छ।
अहिले सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको छ। यसबीच सिसिटिभी क्यामरा जडान गरेको हो। उक्त क्यामरा जडान गरेसँगै प्रहरीले कुनै मुठभेडको अवस्थामा अनुसन्धानका लागि सहयोग पुर्याउनेछ।
'यो नियमित कार्य हो। राख्न बाँकी भएका ठाउँमा राखेका हौं। भोलिको लागि भनेर सिसिटिभी राखिएको होइन,' सिसिटिभी जडान गरिरहेका एक कर्मचारीले भने।
कतिवटा जडान गरिरहेको भनेर प्रश्न गर्दा उनले त्यो बताउन नमिल्ने बताए। तर नेपाल प्रहरीको भ्यानबाट ठूला ठूला चारवटा सिसिटिभी जडान गर्न निकालेर राखिएको थियो।
तस्बिरहरू:
-ink-1777012512.jpeg)
-ink-1777012512.jpeg)
-ink-1777012511.jpeg)
-ink-1777012511.jpeg)
-ink-1777012511.jpeg)
सबै तस्बिर: मन्दिरा घिमिरे/सेतोपाटी