काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन भइसकेको छ।
काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। सुरूमा थापाथलीको बस्ती हटाइने महानगर प्रहरीका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार थापाथलीको बस्ती हटाउने काम सकिएपछि भने अन्यत्र जाने तयारी छ।
‘सुरूमा थापाथलीको बस्ती हटाउँछौं। त्यसपछि अन्यत्र जान्छौं,’ उनले भने।
यहाँबाट सकेपछि दिउँसो सिनामंगल र मनोहरा क्षेत्रमा हटाउने तयारी गरेको छ।
सरकारले बस्ती हटाउने भनेपछि केही घर परिवारले शुक्रबार बस्ती छाडिसकेका छन्। शनिबार बिहान पनि केही परिवारले घर छाडिसकेका छन्।