थापाथलीको सुकुम्बासी क्षेत्रमा बिजुलीको लाइन काटिएको छ।
बस्ती खाली गर्ने भएपछि त्यहाँ बिहानै बिजुली काटिएको हो।
अधिकांश मानिसहरूले शुक्रबार साँझ नै बस्ती छाडेका थिए।
बाँकी मानिसहरूले बिहानैदेखि सामान जम्मा पारिरहेका छन्।
त्यहाँ ठूलो संख्यामा प्रहरी बिहानैदेखि परिचालित छ।