सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ।
यसअघि डिआइजी विष्णुप्रसाद भट्ट सशस्त्रका प्रवक्ता थिए।
उनको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डिआइजी कार्कीलाई जिम्मेवारी दिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।