सल्यानमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–१ श्रीनगरको बसपार्क नजिक आइतबार दिउँसो बसले ठक्कर दिँदा छत्रेश्वरी गाउँपालिका –७ की पैदलयात्री ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए।
दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदल यात्री रेउलेलाई मध्यान्ह १२ बजेतिर ठक्कर दिएको थियो। उनलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल खलंगा पुर्याउँदा चिकित्सकले बजे मृत घोषणा गरेका थिए।
बस चालक जिल्लाकै कुमाख गाउँपालिका–३ का ३० वर्षीय डिल्ली बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।