सुर्खेतमा मोबाइल चोरी अभियोगमा चार दिन पहिले पक्राउ परेका एक युवकको चार दिनमै मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका– १० निवासी २१ वर्षीय साबीर बक्सको शनिबार बेलुका साढे ५ बजेतिर मृत्यु भएको थियो।
मोबाइल चोरी गरेको अभियोगमा बक्स जेठ २७ गते पक्राउ परेका थिए।
सुर्खेतका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराका अनुसार शनिबार बिहानै उनी हिरासतमा एकाएक बेहोस भएका थिए। त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
त्यही उपचारका क्रममा उनको मृत्यु भएको थियो।
मृत्युको कारण खुल्न सकेको छैन। पोष्टमर्टम रिपोर्ट आएपछि त्यसबारे भन्न सजिलो हुने प्रहरीले जनाएको छ।
मृतक बक्सका बिरुद्ध यसअघि पनि झन्डै दर्जन जति मुद्दा खेपको प्रमाण प्रहरी संग छ। उनी लागु औषध मुद्दामा पनि पक्राउ परेका थिए।