काठमाडौंको बुढानिलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)को गुरूकुलका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
इस्कोन अन्तर्गतको भक्तिवेदान्त गुरूकुलका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार पीडित परिवारले बालबालिकासम्बन्धी कसुर अन्तर्गत कारबाहीका लागि उजुरी परेको हो।
उक्त उजुरी परेपछि पछिल्लो ५ दिनदेखि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको एसपी भट्टराईले बताए।
‘बालबालिका सम्बन्धी कसुर अन्तर्गतको स्यार सम्हार राम्रो नगरेको भन्ने प्रकारको उजुरी आएको हो। उक्त उजुरी पछि हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने।