अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्।
अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो संख्यामा परिचालन गरिएको छ।
बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन्।
विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन।
हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।
सरकारले यसअघि नै प्रतिपरिवार २५ हजार दिएर होल्डिङ सेन्टर खाली गर्न भनिएको थियो।
सरकारले वैशाख १२ गते काठमाडौंका नदी/खोला किनारका सुकुम्बासी वस्तीमा डोजर चलाएर त्यहाँ बसिरहेकाहरूलाई कीर्तिपुर, इचंगु, खरिपाटी, बनेपा, नगरकोटका होल्डिङ सेन्टरमा राखिरहेको थियो।
तर असार ८ गते सूचना जारी गर्दै उनीहरूलाई सरकारले पाँच दिनभित्र छाड्नू भनेर सूचना जारी गर्यो। त्यसपछि सुकुम्बासीहरूले होल्डिङ सेन्टर नछाडेपछि थप तीन दिनको समय दिएको थियो।
अहिले होल्डिङ सेन्टरमा खाना र पानीको व्यवस्था समेत कटौती गरिएको छ। सुकुम्बासीहरुलाई होल्डिङ सेन्टर छाडेर जानू भन्ने सूचना भित्तामा टाँसिएको थियो।
उनीहरूलाई पुनर्स्थापनाका लागि सरकारले २५ हजार रूपैयाँ दिने भनेको छ। त्यसपछि तीन महिनासम्म मासिक १५ हजार रूपैयाँ दिने भनेर होल्डिङ सेन्टर छाड्न सरकारले उर्दी जारी गरेको थियो।
यद्यपि सबै सुकुम्बासीहरूले २५ हजार रूपैयाँ लिएका छैनन्।
काठमाडौंमा कोठा पाउन अहिले मुस्किल छ। सुकुम्बासीहरू भनेपछि अझै गेटबाटै फर्काइदिने गरेको सुकुम्बासीहरूको गुनासो छ।
त्यसकारण सुकुम्बासीहरूले होल्डिङ सेन्टर छाडेका छैनन्।
तस्बिरहरूः
-ink-1783762017.jpeg)
-ink-1783762017.jpeg)
-ink-1783762017.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762018.jpeg)
-ink-1783762019.jpeg)
-ink-1783762019.jpeg)
-ink-1783762019.jpeg)
-ink-1783762019.jpeg)
-ink-1783762019.jpeg)
-ink-1783762019.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।