कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ।
मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेको व्यक्तिको परिचय खुलेको हो।
उक्त कार भित्र जलेका व्यक्ति सोही वडाका ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'मृतक सुरेशचन्द रहेको पुष्टि भएको छ, बाँकी बुझ्दैछौं,' उनले भने।
प्रहरीका अनुसार कार धनी पनि उनै हुन्।
यो पनि:
कीर्तिपुरमा पूर्ण रूपमा जल्यो कार, चालक सिटमा मृत भेटिए एक पुरूष (तस्बिरहरू)