दोलखामा पहिरो जाँदा एक जना बेपत्ता भएका छन्।
बुधबार बिहान साढे २ बजे दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी) हाइड्रो पावरको ड्याम नजिकै पहिरोले बाख्राको खोर बगाउँदा गोठमा रहेका सोही ठाउँ बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन्।
पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घर समेत पुर्ण रुपमा क्षति भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार उद्दार र बेपत्ताको खोजिका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको छ ।