मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मंगलबार साँझ ५ बजे हेटौंडा उपमहानगरपालिका-११ झमसिङ्टार नजिकै भित्री सडकमा म.प्र ०३-००२ त ०३९७ नम्बरको ट्याक्टर उकालो कच्ची बाटोमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका-३ का अन्दाजी २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएकोमा राति साढे १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले मृतकको आफन्तलाई जानकारी गराइसकेको प्रहरीले जनाएको छ।