चरित्र हत्या गरेको आरोपमा प्रहरीले अभियानी वेदिका केसीलाई पक्राउ गरेको छ।
बिहीबार बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको एसपी दिलिप गिरीले जानकारी दिए।
उनका अनुसार एक महिलाको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेको हो।
उनले केकस्तो जाहेरी र कसले दिएको भन्ने खुलाएनन्।
धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्।