प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारततर्फ गएका छन्।
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा बिहीबार एयर इन्डियामार्फत भारततर्फ गएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
शुक्रबार उनले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६० औं वर्ष पुगेको अवसरमा आयोजना गरिएको सम्मेलनमा सहभागी हुनेछन्। नयाँ दिल्लीमा रहेको सर्वोच्च अदालतको प्रशासकीय भवनमा हुनेछ।
उनले भारतको सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रम छ।
यही कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस जयशंकर र प्रधानन्यायाधीश सूर्य कान्तले मन्तव्य राख्नेछन्।
कार्यक्रम आइतबार (साउन १० गते) सम्पन्न हुनेछ। प्रधानन्यायाधीशकी पत्नी उमा शर्मा र स्वकीय सचिव अमित उप्रेती पनि सँगै गएका छन्।
कार्यक्रम समापनपछि प्रधानन्यायाधीश शर्माको भ्रमण दल साउन ११ काठमाडौं फिर्ता हुनेछ।