भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने भएको छ।
शिक्षा मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार बाढीका कारण हराइरहेका आफन्तको शव वा शरीरका कुनै अंग भाग डिएनए परीक्षण गरी पहिचान गर्न इच्छुकहरूले सम्पर्क गर्न सक्नेछन्।
हराइरहेका व्यक्तिको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिककोमध्ये आमा, बुवा, छोरी र छोरामध्ये एक जनाको रगत नमूना आवश्यक पर्नेछ।
पासपोर्ट साइजको दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।
