पोखरा–१३, बी.पी. मार्ग स्थित 'ख' आमा समूहले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज मनाउनका लागि संकलन गरेको १ लाख ५ हजार ५ रुपैयाँ विपद् व्यवस्थापन तथा पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा दान गरेको छ।
चाडपर्वको खर्च कटौती गरी समाजमा विपद्मा परेका नागरिकहरूप्रति समर्पित हुने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरिएको समूहले जनाएको छ।
आफ्ना सांस्कृतिक पर्व तथा उत्सवका लागि जोडिएको रकमलाई मानवीय सेवामा लगाउने आमा समूहको यो निर्णयलाई स्थानीय तहमा निकै सकारात्मक रूपमा हेरिएको छ।
समूहको यस कदमले अन्य सामाजिक संघ-संस्थाहरूलाई पनि विपद्का समयमा सहयोग गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।