शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्)ले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि सरकारले खडा गरेको कोषमा यूम्सले उक्त रकम जम्मा गरेको हो।
यूम्स् का सल्लाहकार डा. मखन महर्जनले उक्त रकमले प्रभावित नागरिकका लागि सहयोग हुने अपेक्षा साथ सहयोग गरिएको बताए।
उनका अनुसार संस्थाले निकट भविष्यमा बाढी प्रभावित समुदायका लागि केही राहत सामग्री प्रदान गर्ने तथा विद्यालयहरूको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थामा सुधार तथा पुनर्निर्माणमा पनि सहयोग गर्नेछ।