दाङको गोरखा स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी रकम जम्मा गरेको छ।
गोरखा समूह अन्तर्गत सञ्चालित तुलसीपुर, घोराही, लमही लगायतका विभिन्न विद्यालय तथा कलेजबाट त्यो रकम संकलन गरिएको थियो।
गोरखा स्कुल तुलसीपुरका प्रिन्सिपल विजय जिएमका अनुसार गोरखा स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट २ लाख ३१ हजार ४ सय ४५, गोरखा स्कुल घोराही र शिक्षक तथा कर्मचारीबाट २ लाख ५३ हजार रकम बाढी पीडितको सहयोगका लागि स्वस्फूर्त रूपमा संकलन भएको हो।
त्यस्तै, गोरखा स्कुल लमही र शिक्षक तथा कर्मचारीबाट १ लाख ५६ हजार र गोरखा स्कुल लालमटीया र शिक्षक तथा कर्मचारीबाट ७९ हजार संकलन गरि १० १ हजार १ सय ४७ रुपैयाँ जम्मा गरिएको हो।
त्यस्तै गोरखा रेसिडेन्सिएल स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ४५ हजार १ सय ३३, गोरखा मोडेल कलेज तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ५० हजार र स्वर्णीम देउखुरी कलेज र शिक्षक तथा कर्मचारीबाट ३५ हजार जम्मा गरिएको छ।
त्यस्तै, भिक्टोरीया कलेज र शिक्षक तथा कर्मचारीबाट ५० हजार ४ सय ५८ र गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपयाँ गरी १० लाख १ हजार १ सय ४७ रुपयाँ कोषमा जम्मा गरिएको तुलसीपुरका प्रिन्सिपल जिएमले बताए।
प्रतिष्ठानले साढे १५ लाख पठाउँदै
भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग र उद्धारमा सहयोग पुगोस भनेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले साढे १५ लाख जति आर्थिक साहेता पठाउने भएको छ।
प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले दुई दिनको तलब बराबरको उक्त रकम छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाए।