काठमाडौंको टेकुस्थित वंशीघाटमा बागमती खोलाको पानीको सतह बढेको छ।
बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेको हो।
सरकारले असोज ११ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अत्यावश्यक कामबाहेक यात्रा नगर्न, डुबानको जोखिम भएका स्थानमा नबस्न र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले पूर्वतयारी गरिरहेको जनाएको छ। मन्त्रालयले त्रासमा नबस्न तर सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
तस्बिरहरू:
-1790318572.jpg)
-1790318573.jpg)
-1790318573.jpg)
-1790318572.jpg)
-1790318571.jpg)
-1790318572.jpg)
-1790318572.jpg)
-1790318572.jpg)
-1790318571.jpg)