प्यूठानमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना १० वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको प्युठान नगरपालिका – ३ का १० वर्षीय पुष्कर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक सुनार दिउँसो पौने ४ बजेतिर जुम्रीबाट प्युठान नगरपालिका – ३ ओखरबोट तर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसको ढोका नजिकै उभिएर यात्रा गरिरहेका थिए। त्यही क्रममा उनी बसबाट लडेपछि टायरको मुनि पुगेको थिए। टायरले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक दाङ घोराही उपमहानगरपालिका – १२ का प्रेम गिरी प्रहरी नियन्त्रणमा छन्।
घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिजुवार प्युठानबाट प्रहरी निरीक्षक महेश्वरी बिष्टको कमाण्डमा ६ जनाको टोली खटिएको छ।
घटनास्थल इप्रका बिजुवार बाट १३ किलोमिटर पश्चिमा पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।